बेलबारीबाट हत्याकाे आरोपमा एक जना पक्राउ, अझै ७ जना फरार

३० भाद्र २०७७, मंगलवार
तस्वीर - सेताेपाटी

विराटनगर । भदौ ३०

मोरङको बेलबारीमा हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रकाउ पर्नेमा बेलबारी नगरपालिका-५ बस्ने ३१ वर्षीय कुमार सरदार छन्।

सोमबार साँझ बेलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जनाए । अभियुक्तलाई उमेर नखुलेका चन्द्र कुमार राईको हत्या गरेको आरोपमा पक्राउ गरेको हो।

गत भदौ १२ गते बेलबारीको कसेनीस्थित लोहान्द्र खोला किनारामा धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको आरोपमा प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

बेलबारी प्रहरीले उनलाई सुनसरी बराहक्षेत्र-११ मधुवनबाट लुकेर रहेकाे अवस्थामा पक्राउ गरेको हो। उक्त घटनामा संलग्न अझै सात जना फरार रहेकाे डिएसपी राईले जानकारी दिए ।

मृतक समूह र सरदार समूहबीच सामान्य विवाद भएकाे थियाे तर भोलिपल्ट पनि फेरि मान्छे ल्याएर उनीहरूबीच झडप हुँदा राईको मृत्यु हुनपुगेकाे डिएसपी राईले बताए । ईलाका बेलबारीले सरदारमाथि थप अनुसन्धान गरिरहेको बताएको छ।