विराटनगर सहित देशभर भारी बर्षा हुने संभावना

३० भाद्र २०७७, मंगलवार

विराटनगर । भदाै ३०

मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले देशभर सामान्य बदली रही प्रदेश १ भर बर्षाकाे संभावना रहेकाे मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै देशभरमा वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित सामान्य तथा मध्यम वर्षा भइरहेको पनि महाशाखाले बताएकाे छ ।

प्रदेश १ काे झापा, माेरङ, सुनसरी र पहाडी जिल्लाहरूमा पनि माैसम प्रतिकूल रही सामान्य बर्षा भइरहेकाे छ ।पहाडी भेगमा भूक्षय तथा तराइमा बाढी र डुबानकाे संधावना रहेकाे भन्दे महाशाखाले सतर्क रहन अाग्रह गरेकाे छ ।

उता २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएकाे छ भने  पूर्वका झापा, इलाम लगायतका ठाउँमा पनि भारी वर्षा भइरहेको छ।