आजकाे सुनकाे भाउ प्रतिताेला ९६ हजार

३० भाद्र २०७७, मंगलवार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । भदाै ३०

मङ्गलबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

मंगलवार सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको छ  । आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ । सोमबार  सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि तोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला  १ हजार ३ सय २० रुपैयाँ थियो । आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँले खरीद बिक्री भएकाे महासंघले जनकारी दिएको छ ।