विराटनगरका ७० सहित प्रदेश १ मा १ सय ३८ संक्रमित थपिए

३० भाद्र २०७७, मंगलवार

विराटनगर । भदौ ३०

विराटनगरमा एकै दिन ७० जनासहित प्रदेश १ मा मङ्गलबार १३८ जनामा काेराेना कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार विराटनगरमा मात्रै २८ महिला र ४२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये मोरङ जिल्लामा कूल १ सय ८ छन् । विराटनगरमा ७० सँगै कटहरीमा ३ महिला ११ पुरुष, बुढीगंगा न.पा.मा मा ६ महिला ६ पुरुष, सुन्दरहरैँचा न.पा.मा २ महिला १ पुरुष, पथरीशनिश्चरे नपा र जहदाका २/२ पुरुष छन् । उता रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएकाे छ ।

त्सस्तै, सुनुरीकाे दुहवीमा ३ महिला ११ पुरुष छन् । धरानका ३ महिला १ पुरुष र इटहरीका २ पुरुषमा संक्रमण भएकाे छ । त्यस्तै देवानगञ्ज र स्थानीय तह नखुलेका १/१ पुरुष पनि संक्रमित भएका छन् । प्रदेशकै झापाकाे दमकका १ पुरुष, मेचीनगरकी १ महिला छन् ।

संखुवासभाका १ पुरुष, ताप्लेजुङका १ पुरुष र पाँचथरको फिदिमका १ पुरुष पनि थप भएका छन् । त्यस्तै प्रदेश १ बाहिरका २ महिला १ पुरुषको पनि रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले बताएको छ ।

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितहरूको संख्या ४ हजार ९ सय ६७ पुगेको छ ।

प्रदेशमा आज ६४ जना डिस्चार्ज भएका छन् । जसमा कोशी अस्पतालरबाट ३८, वि.जेनरल अस्पताल हरिनगरबाट २३ र होमआईसोलेसनबाट ३ जना डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ । कूल २ हजार १ सय ४२ जना डिस्चार्ज भएको पनि सामाजिक विकास मन्त्रालयले उल्लेख गरेकाे छ ।

प्रदेशभर मंगलबार १ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षणमध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हाे ।