नेपाललाई भारतले २ हजार थान रेम्डेसिभिर दियो

३० भाद्र २०७७, मंगलवार

भारतले नेपाललाई कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेम्डेसिभिर औषधि सहयोग गरेको छ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले २ हजार थान रेम्डेसिभिर प्रदान गरेका हुन्।

 

विज्ञहरू अनुसार यो औषधि कोरोना संक्रमितलाई दिएपछि भाइरसलाई परास्त गर्न सकीने र विभिन्न क्लिनिल ट्रायलले पनि यसले प्रयोगले उपचारमा सघाउ पुर्‍याएको देखिएको छ।

नेपालमा स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पताललाई यो औषधि संक्रमितमा प्रयोग गर्न अनुमति दिएको छ।