सामूहिक बलात्कारकाे आरोपमा तीन जना पक्राउ

३० भाद्र २०७७, मंगलवार
सांकेतिक तस्वीर

विराटनगर । भदाै ३०

ओखलढुङ्गा जिल्लामा एक किशाेरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाकाे चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया किशारीलाई सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाका तीन जना पक्राउ परेका हुन् ।

पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४, १६ र १८ वर्षका तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले बताएका छन् । उनका अनुसार तीन जना मिलेर बालिकालाई भदौ २४ गते सामूहिक बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख गरिएकाे छ ।

प्रहरीकाे टोलीले आरोपित तीनै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याएको छ । पक्राउ परेका तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य दुईले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण पछि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएकाे छ । घटनाकाे बारेमा थप अनुसन्धान भ्एरहेकाे प्रहरीले जनाएकाे छ।