हाम्राे विराटनगर – टप टेन टुडे समाचार श्रृंखला । भदाै ३० गते

३० भाद्र २०७७, मंगलवार

हाम्राे विराटनगर – टप टेन टुडे श्रृंखलामा आज २०७७-०५-३० गतेका मुख्य समाचारहरू यस प्रकारका छन्। तपाईंले आज दिन भरीका प्रमुख खबरहरू संक्षिप्तमा पढ्न सक्नुहुनेछ । 

१. विराटनगर भन्सारमा बरामत भएका समान लिलामी नहुँदा कराेडाैँ राजस्व गुम्दै

मोरङको विराटनगर भन्सार कार्यालयले गएको माघसम्म तस्करीका क्रममा बरामद भएका ७० लाख मूल्य बराबरको मालवस्तु लिलाम गर्न सूचना प्रकाशित गरेको थियो । बरामत भएका लत्ताकपडा, मोटरपार्ट, पार्टपुर्जा तथा मेसिनरी, खाद्य सामग्री आदि वस्तु लिलामी गर्न सूचना प्रकाशित गरेपनि उक्त वस्तु खरिद गर्न कसैले चासो नदिएपछि राजश्व असुलीमा समस्या परेको छ। पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

२. आन्तरिक हवाई उडान र होटल पनि असोज १ देखि खुल्ने

३० भदौ, काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

३. नेपालको क्षेत्रफलमा वृद्धि, आजबाट १,४७,६४१.२८ वर्ग किमी

पाठ्यक्रम विकास केन्द्रले नेपालको कुल क्षेत्रफल सहितको पाठ्य पुस्तक तयार पारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलद्वारा मंगलबार सार्वजनिक ‘नेपालको भू-भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर रहेको छ । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

४. विराटनगरका ७० सहित प्रदेश १ मा १ सय ३८ संक्रमित थपिए

विराटनगरमा एकै दिन ७० जनासहित प्रदेश १ मा मङ्गलबार १३८ जनामा काेराेना कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार विराटनगरमा मात्रै २८ महिला र ४२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

५. सामान्य बर्षामै किन हुन्छ विराटनगर जलमग्न?

अहिले गत हप्तादेखि निरन्तर सामान्य बर्षा भइरहेको छ। यत्तिको बर्षामा ढल मार्फत पानी निकास भएर जाने हो भने कतै डुबान हुने संभावना छैन। तापनि महानगरभित्र सधैँ जसो डुब्ने गरेको छ। हिँडडुल गर्न पनि समस्या हुनेगरी ताल परेपछि स्थानीयहरू आक्रोशित हुन थालेका छन्। पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

६. विराटनगरमा कोरोना संक्रमण कम हुँदै गएकाले निषेधाज्ञा हट्याे

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले महानगरमा कोरोना संक्रमण कम हुँदै गएकाले निषेधाज्ञा हटाइएको बताएका छन् । उनका अनुसार संक्रमण प्रभावित क्षेत्रमा स्वाब संकलनका साथै आरएनए एक्स्ट्र्याक्सन मेसिन प्रयोग गरी परीक्षण बढाइएको छ । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

७. विराटनगरका मेयर पराजुली क्वारेन्टाइनमा

मोरङको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली गते आइतबारदेखि विराटनगरकै मेनरोडस्थित जैन भवनमा क्वारेन्टाइनमा बसेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोख्रेल र आफ्ना सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएपछि जोखिमका कारण क्वारेन्टाइनमा बसेको भन्दै मेयर पराजुलीले आफ्नो पीसीआर परिक्षण गराउने बताएका छन् ।पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

८. साँघुरो संरचनाका कारण आईसीपीको कामकाज प्रभावित

एकअर्ब ९० करोड रुपैयाँको भारतीय लगानीमा मोरङको विराटनगरमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा साँघुरो संरचनाका कारण कामकाज प्रभावित भएको छ । गोदाममा पानी चुहिने र यार्डमा समेत मालवाहक कन्टेनर राख्ने ठाउँ नहुँदा भन्सार जाँचपास प्रभावित भएको विराटनगर भन्सार कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलले बताइन् ।पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

९. सुपरस्टार खेलाडी नेयमारमाथि सातवटा खेलमा प्रतिबन्ध हुने

जर्मानका सुपरस्टार खेलाडी नेयमारमाथि सातवटा खेलको प्रतिबन्ध लगाइन सक्ने भएको छ । आइतवार मार्सेविरुद्धको खेलमा नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि यो प्रतिबन्धको सम्भावना देखिएको हो । गोन्जालेजलाई नेयमारले थप्पड हानेको दृश्य भार क्यामराहरूले खिचेका थिए । पीएसजीकै गृहमैदानमा मार्सेले उसलाई १–० ले हराएको खेलमा अन्त्यतिर खेलाडीहरूबीच व्यापक झगडा भएको थियो र त्यसैक्रममा नेयमारले थप्पड हानेका थिए । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

१०. कोरोना विरुद्धको भ्याक्सिन बनाउनेको होडबाजी- चीनकाे नोभेम्बर सम्ममा ल्याउने दाबी

चीनले बनाइरहेको कोरोना भाइरस विरूद्धको भ्याक्सिन नोभेम्बरको सुरुबाट नै बजारमा ल्याउने दाबी गरेकाे छ । आममानिसको प्रयोगका लागि उपलब्ध हुने चाइनिज सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा बताएकी छन् । पूरा समाचार पढ्न क्लिक गर्नुहाेस् ।

 

।। शुभ रात्रि ।।