युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त

३० भाद्र २०७७, मंगलवार
तस्वीर साभार

विराटनगर । भदाै ३०

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्‍को बैठकले पूर्वअर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका खतिवडाले मन्त्रीस्तरको सेवा सुविधा पाउने छन्।