
विराटनगर, भदौ ३१
गुणस्तरहीन फलामे छड उत्पादन गरी बिक्री गरेको भेटिएपछि जगदम्बा स्टिल उद्योग गुणस्तर तथा नापतौल विभागको कारबाहीमा परेको छ ।
बाराको सिमरामा रहेको उद्योगबाट उत्पादित छडमा मापदण्डभन्दा बढी रसायन मिसाएको भन्दै विभागले छडको बिक्री तथा उत्पादनमा रोक लगाएको हो ।
उद्योगले उत्पादन गरेको १६ एमएम टिएमटी बारफी ५०० छडको बिक्री तथा उत्पादनमा रोक्न पत्राचार गरिएको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
एक वर्षको अवधिमा आफ्नो क्षेत्रका दुई दर्जनभन्दा बढी व्यवसायी तथा उद्योगलाई नापतौलमा अनियमितताको आरोपमा कारबाही गरिएको गुणस्तर तथा नापतौल विभाग अञ्चल कार्यालय वीरगन्जका प्रमुख शशीभूषण यादवले जानकारी दिए ।।।