भोलि असोज १ गतेदेखि आन्तरिक उडान, सडक यातायात तथा रेष्टुरेष्ट सञ्चालन हुने

३१ भाद्र २०७७, बुधबार

आगामी असोज १ गतेदेखि देशैभर आन्तरिक हवाई सेवा तथा लामो दूरीका यातायात साधन सञ्चालनमा आउने भएका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सावधानी अपनाएर आन्तरिक हवाई सेवा तथा लामो दूरीका यातायात सञ्चालनको अनुमति दिएको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार जहाज तथा सडक यातायातका साधन दुवैमा क्षमताको आधा मात्र यात्री राख्न पाइनेछ भने मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने हुन्छ ।

सरकारले लामो दूरीका यातायात साधनमा नियमितभन्दा ५० प्रतिशत भाडा बढी लिन पाउने व्यवस्था गर्नुका साथै असोज १ गतेदेखि नै होटल तथा रेष्टुरेष्ट पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।।।