भोलिदेखि अन्तर्राष्ट्रिय उडान खुल्ने

३१ भाद्र २०७७, बुधबार

कोरोना महामारीका कारण अवरुद्ध रहेको अन्तर्राष्ट्रिय हवाई सेवा असोज १ गतेदेखि सुचारु हुने भएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयका आधारमा उडान सुरु हुने भएको हो ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको अवस्था हेरी अनुमति दिएपछि उडान भर्न सकिने छ ।

अन्तर्राष्ट्रिय उडानका यात्रीले कोरोना संक्रमण नेगेटिभ देखिएको पीसीआर रिपोर्ट ७२ घण्टाभित्र पेस गरेपछि विमानमा यात्रा गर्ने अनुमति पाउने छन् ।

यससँगै सरकारले कार्तिक १ गतेदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि पर्वतारोहण तथा पदयात्रा खुला गर्ने भएको छ । यसका लागि ७२ घण्टाभित्र परीक्षण गरिएको पीसीआर नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।।।