
सरकारले एक र दुई रुपैँया दरका सिक्कामा लिम्पियाधुरा,लिपुलेक र कालापानी सहितको नक्सा समावेश गर्ने भएको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसका लागि नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको हो ।
सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार एसियाली विकास बैंकले विद्युत विकासका लागि नेपाल सरकारलाई दिने भएको १८ अर्ब रुपैयाँको ऋणका लागि वार्ताटोली गठन भएको छ ।
यससँगै सार्कस्तरीय अर्थमन्त्रीको आज बुधबार हुन गइरहेको विद्युतीय बैठकमा परराष्ट्रमन्त्रीसहित तीन जना नेपाली प्रतिनिधि सहभागी हुने उनले बताए।।।