बुधबार मात्रै सुुनसरीमा थप ६२ जनामा काेराेना भाइरस संक्रमण

३१ भाद्र २०७७, बुधबार

विराटनगर । भदाै ३१

सुनसरी जिल्लामा गत २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानका २७ जना, इटहरीका २४ जना, भोक्राहाका २ जना, गढी गाउँपालिकाका ५ जना तथा कोशी गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो ।

इटहरी उपमहागरपालिकामा भदौ २६ र २७ गते स्वाब संकलन गरिएका मध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा वडा ९ का ८ महिनाका बालक र १९ बर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । यता इटहरी ४ का ३३ बर्षीय पुरुष, वडा ५ का ४२ र ४६ बर्षीय पुरुष, वडा १० का २७, ६५ र ७० बर्षीय पुरुष, वडा १३ का १८ र ४५ बर्षीय पुरुष पनि छन् । साथै इटहरी १६ नंं. का ४४ बर्षीय पुरुष, १९ नंं का ५५ बर्षीय पुरुष तथा २० नं. का ३७ बर्षीया २ जना महिला र ३० बर्षीय पुरुषमा पनि संक्रमण पुष्टी भएकाे छ ।

इहटरीमै सशस्त्र प्रहरीका २ जना तथा अन्य २ जना जनपथ प्रहरीको पनि पोजेटिभ रिपोर्ट देखिएकाे छ । इटहरी उपमहानगरमा हालसम्म संक्रमण पुष्टि भएको संख्या कूल ३५० जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका सुनसरीका कोभिड -१९, फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय १९ पुगेको छ । कोरोनाबाट ७ जनाको मृत्यु भएको छ भने ६ सय १० जना डिस्चार्ज पनि भएका छन् । कूल ७०२ जना उपचाररत छन् ।