श्रीमतीलाई बन्चरो प्रहार गरी फरार रहेका श्रीमान पक्राउ

३१ भाद्र २०७७, बुधबार
सांकेतिक तस्वीर

विराटनगर । भदाै ३१

श्रीमतीलाई बन्चरो प्रहार गरी फरार रहेका श्रीमानलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ। त्रियुगा नगरपालिका ३ ठाडीटोलकी ३१ वर्षीया श्रीमती मीना खत्री सिंहलाई बन्चरो प्रहार गरी फरार भएका ४१ वर्षीय पारस सिंह पक्राउ परेका हुन्।

घरायसी विवादमा आरोपितले मंगलबार दिउँसो ४ बजे बञ्चरो प्रहार गरी फरार रहेको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए। घटन लगत्तै खोजीकार्यमा खटिएको प्रहरी टोलीले नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा भेटेर पक्राउ गरिएको उनले बताए।

घाइतेलाई उपचारका लागि स्थानीयले विराटनगरस्थित न्युरो अस्पताल पठाएका छन्। सिंहलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी दाहालले बताए।