एप्पलको दुई नयाँ वाच सिरिज सार्वजनिक

३१ भाद्र २०७७, बुधबार

विराटनगर । भदाै ३१

विश्वप्रसिद्ध प्रविधि कम्पनी ‘एप्पल’ले मंगलबार एक भर्चुअल कार्यक्रममा नयाँ फिचर्ससहितको नयाँ वाच सिरिज सार्वजनिक गरेको छ ।

अहिले सार्वजनिक गरिएका वाचमा पर्सनलाइज्ड सब्सक्रिप्सन सर्भिस फिटनेस प्लस फिचर समावेश गरिएकोले अब आफ्नो फिटनेसको डेटा आईफोन वा आईप्याडमा यो वाचको सहयोगमा हेर्न सकिनेछ ।

फिटनेस प्लसको प्रतिस्पर्धा अहिले आईओएसमा रहेका पेलोटोन, लेस मिल्स र फिटसँग हुनेछ । एप्पलले अब आउन सक्ने आईफोनको विषयमा भने कुनै पनि जानकारी दिएको छैन ।

एप्पलले मंगलबार भएको कार्यक्रममा स्मार्टवाचको वाच सिरिज ६ र वाच एसई गरेर दुई नयाँ सिरिज सार्वजनिक गरेको हो । वाच सिरिज ६ मा ब्लड अक्सिजन सेन्सर छ, जसले मुटु वा फोक्सोमा आउने समस्याको जानकारी दिन सक्छ ।

त्यस्तै एप्पलले नयाँ आईप्याड एयरमा पहिलोपटक चिप म्यानुफ्याक्चरिङ प्रोसेसिङको प्रयोग गरेको छ । यसमा प्रयोग गरिएको A-14 प्रोसेसरबाट 4K भिडियोलाई पनि सहजै इडिट गर्न सकिन्छ । यसको सबैभन्दा विशेष आकर्षण यसको टच आईडी फिंगरप्रिन्ट सेन्सर हो । यूएसबी पोर्ट पनि रहेको आईप्याडमा १० दशमलव ९ इन्चको डिस्प्ले स्क्रिन छ ।

साथै एप्पलले सेप्टेम्बर २० मा आफ्नो लेटेस्ट मोबाइल अपरेटिङ सिस्टम IOS-14 सार्वजनिक गर्नेछ ।