विराटनगरमा २८ सहित प्रदेशभर १३३ जनामा कोरोना संक्रमण

३१ भाद्र २०७७, बुधबार

विराटनगर । भदौ ३१

बुधबार मोरङको विराटनगरमा २८ जना सहित १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेश १ मा कूल संक्रमितको संख्या कूल ५१०० पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरका ९ महिला तथा १९ पुरुष छन्। बेलबारीका १/१ महिला र पुरुष, कटहरीकी १ महिला, धनपालथानका २ पुरुष र सुनबर्षीका १ पुरुष छन्।

सुनसरीमा सबैभन्दा धेरै धरानका १० महिला २२ पुरुष, इटहरीका ७ महिला १९ पुरुष, कोशी गाउँपालिकाका ४ पुरुष, गढी गाउँपालिकाका ४ पुरुष, र भोक्राहाका २ पुरुषमा संक्रमण देखिएको छ।

उता स्थानीयता नखुलेका उदयपुरकी १ महिला, बाह्रदशी झापाका २ महिला ३ पुरुष, दमकका १ महिला ७ पुरुष, भद्रपुरका २ महिला ४ पुरुष र मेचीनगरका १ पुरुष पनि संक्रमित भएका हुन्।

साथै भोजपुरका ५ पुरुष, धनकुटाकी १ महिला र प्रदेश बाहिरका ३ जना पुरुष संक्रमित रहेका छन्।

प्रदेशभरबाट आज ५२ जना स्वास्थ्य लाभ गरी फर्किएका छन्। सुनसरीका एकजना पुरुषको मृत्यु पनि भएको छ।

हालसम्म २ हजार १ सय ९४ ले कोरोनालाई जितेका छन् भने कूल ५० जनाको मृत्यु भएको छ। हाल उपचारका क्रममा २ हजार ८ सय ५६ जना छन्। आज १२ सय ७३ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय ३३ को रिपोर्ट पोजिटिभ आएको हो। प्रदेशभित्र कूल परीक्षण १ लाख १२ हजार ६३ जनाको गरिसकिएको छ।