तस्करी गर्न लागिएको ठूलो परिमाणको मटर बरामद

१ आश्विन २०७७, बिहीबार

विराटनगर, असोज १

पश्चिम नवलपरासीका पाँच स्थानबाट चोरी निकासी गर्न लागेको २० लाख रुपैयाँ मूल्य बराबरको हरियो मटर प्रहरीले बरामद गरेको छ ।

बर्दघाट भटौलियामा ना ४ ख ४६२५ नम्बरको ट्रकबाट १६ लाख ८० हजार रुपैयाँ बराबरको

दुई सय १० क्विन्टल मटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।

उनका अनुसार सेमरीबाट ८५ हजार मूल्य बराबरको १० क्विन्टल ५० किलो, परासीको बाइपास रोडबाट ५० हजार बराबरको ६ क्विन्टल ५० किलो, पाल्हिनन्दन गाउँपालिकाको शंकरपुरबाट ४५ हजार मूल्य बराबरको पाँच क्विन्टल ५० किलो र रामग्रामको उजैनीबाट ५४ हजार मूल्य बराबरको ६ क्विन्टल ७५ किलो मटर बरामद गरी महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

करिब डेढ सय जनाको संख्यामा रहेका मटर तस्करका कारण तस्करी बढेको प्रहरीको भनाइ छ ।।।