२ कर्मचारीमा संक्रमण देखिएपछि काेशी अस्पतालमा पीसीअार परीक्षण प्रभावित

१ आश्विन २०७७, बिहीबार

विराटनगर । असाेज १

प्रदेश १ काे विराटनगरमा रहेकाे कोशी अस्पतालकाे प्रयोगशालामा कार्यरत  दुईजना प्राविधिकमा नै कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर प्रयोगशाला र जनरल प्रयोगशालामा काम गर्ने १–१ कर्मचारीमा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि काेराेना परीक्षणकाे काम नै प्रभावित बन्न पुगेकाे हाे ।

काेशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताएअनुसार अटोमेटिक आरएनए एक्ट्राक्सन मेसिनको रिएजेन्ट किट सकिएकाे छ ।  कर्मचारीमा संक्रमण देखिएपछि पीसीआर परीक्षण नै प्रभावित  भएकाे छ।

अस्पतालकाे पिसीआर ल्याबमा १० जना कर्मचारी रहेपनि एकजनामा कोरोना पुष्टी भएपनि अन्य कर्मचारीहरू सतर्क भएर काम गरिरहेकाे बताइएकाे छ । अत्यावश्यक पीसीआर प्रयोगशाला सञ्चालनमा रहेपनि जनरल प्रयोगशाला भने बन्द भएकाे छ ।

याेसँगै कोशीका कर्मचारीमा संक्रमणकाे संख्या ३० पुगेको छ । जसमा २४ जना संक्रमणमुक्त भइसकेका छन् भने बाँकी छ जनाकाे उपभार भइरहेकाे छ ।