नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रपतिले गरिन् राष्ट्रिय सभामा मनोनयन

१ आश्विन २०७७, बिहीबार

विराटनगर । असोज १

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।

सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताएका छन् ।

यसअघि राष्ट्रिय सभामा गौतम जाने नजाने भन्ने अन्यौल थियो ।

त्यस्तै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा यस अघि नै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भइसकेका छन् ।