
विराटनगर । असाेज १
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
धनकुटाको सिम्सुवास्थित कोशी राजमार्गबाट करिब ३० मिटर नजिक बाँसको झ्याङमा करिब ५०/५५ वर्षका पुरुषको शव फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ध्रुब श्रेष्ठले जानकारी दिएका छन् ।
‘किरा परेर लास सड्न थालिसकेको छ। मान्छे चिन्नै गाह्रो हुने अवस्थामा छ ।’ डिएसपी श्रेष्ठले भने–‘शवको पहिचानका लागि हामीले मातहतका सबै प्रहरी कार्यालयहरुलाई खबर पठाएका छौ ।’
बुधबार दिउँसो बाँसको झ्याङमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक को हुन् र के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।