विराटनगरका ६५ सहित प्रदेशभर १७१ जनामा संक्रमण

१ आश्विन २०७७, बिहीबार

विराटनगर । असोज १

मोरङको विराटनगरमा ६५ जना सहित प्रदेश १ का विभिन्न स्थानका १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार एकै दिन यति ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।

मोरङको विराटनगरमा १५ महिला ५० पुरुष छन् भने जहदाका ३ पुरुष, बूढीगङ्गाका ४ महिला ६ पुरुष, कटहरीका ३ पुरुष, बेलबारीका १ पुरुषमा संक्रमण देखिएको हो। त्यस्तै धनपालथान, रंगेली, रतुवामाईका १/१ महिला सुन्दरहरैंचाका १/१ महिला र पुरुष तथा स्थानीय तह नखुलेका १ महिला २ पुरुष छन्।

सुनसरीको दुहवीमा ३ महिला १९ पुरुष, इटहरीका ४ महिला ७ पुरुष तथा धरानका ११ महिला १७ पुरुष पनि थपिएका छन्। गढी गाउँपालिकाका २ पनि थप भएका हुन्।

उता झापाका स्थानीयता नखुलेका १ पुरुष, कनकाईकी १ महिला, दमकका ५ महिला १ पुरुष तथा मेचीनगरका ३ पुरुष थपिएको जनाइएको छ।
खोटाङकी १ महिला र धनकुटाका एक पुरुष सहित प्रदेशबाहिरका ३ जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

बिहीबार मोरङका १/१ पुरुष र महिलाले ज्यान गुमाएका छन् भने कूल मृतकको संख्या ५२ पुगेको छ। आज प्रदेशभरबाट १२ महिला र ३१ पुरुष गरी कूल ४३ जना निको भएर फर्किएका छन्।

प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ११ सय ५७ परीक्षणमध्ये १७१ को रिपोर्ट पोजिटिभ आएको हो। प्रदेशमा हाल २ हजार ९ सय ८० उपचारका क्रममा छन् भने २ हजार २ सय ३९ जनाले स्वास्थ्य लाभ गरेका छन्।