संविधान दिवसका अवसरमा नेपाल टेलिकमकाे ५५ रूपैयाँमै अनलिमिटेड प्याक

१ आश्विन २०७७, बिहीबार

विराटनगर । असाेज १

नेपाल टेलिकमले असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस)को अवसर पारेर अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक लगाएका विभिन्न डेटा प्याक उपलब्ध गराउने तयारी गरेकाे छ ।

टेलिकमले असोज २ देखि ४ गतेसम्मका लागि जम्मा ५५ रुपैयाँमा अनलिमिटेड युट्युब दिने भएक्ाे छ । त्यस्तै  ५५ रुपैयाँमै अनलिमिटेड फेसबुक प्याक खरिद गर्न पनि सकिने जनाएको हाे । साे प्याकेज तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डेटा प्याक खरिद गरी डेटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

अहिले समर अफरअन्तर्गत २८ दिनको समयावधि हुने गरी १ जीबी प्रतिदिन प्याक ८ सय ५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतले छुट प्रदान गर्ने भएको छ । यो अनलिमिटेड प्याक २०७७ असोज २, ३ र ४ गतेभित्र जम्मा ५ सय ५५ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टेलिकमले विद्यार्थीका लागि सस्ताे दरमा २८ जीबीसम्म प्यमा दिने पनि घाेषणा गरेकाे थियाे । जसका लागि *1441# मा कल गरी राेजाइ अनुसारकाे प्याक खरीद गर्न सकिनेछ । जसबाट जूम, गूगल मीट र टीमबाट पढ्न सकिने बताइएकाे छ ।