काेराेनाका कारण विराटनगरमा थप एककाे ज्यान गयाे

१ आश्विन २०७७, बिहीबार

विराटनगर । असाेज १

विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराट टिचिङ हस्पिटलकाे आइसोलेसनमा उपचाररत विराटनगर १० निलसदनका ६६ वर्षीय वृद्ध छन् ।

मृत्युपछि मात्र उनकाे कोरोना रिपोर्ट पोजेटिभ आएको विराट टिचिङका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि पुरूषलाई ३० भदौमा अस्पताल भर्ना गरिएको बताइएकाे छ । हिजाे पनि विराटनगर – ६ का ६६ बर्षीय पुरुषकाे मृत्यु भएकाे थियाे ।