नेपालको रेल यस्तो छ (तस्बिरहरु )

२ आश्विन २०७७, शुक्रबार

जनकपुर — शुक्रबार अपराह्नसम्म एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल जनकपुर आइपुग्ने भएको छ । करिब ८५ करोडमा भारतसँग खरिद गरेको हो ।  क दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाखमै खरिद सम्झौता भएको थियो।

शुक्रबार अपरान्ह जनकपुर आइपुगने नेपाल रेलको तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन् ।

बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ ।

सबै तस्बिर : रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट