मेराे शेयरले गर्याे सजिलाे एप सार्वजनिक

२ आश्विन २०७७, शुक्रबार

विराटनगर। असाेज २

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आज  मोवाइल एप सार्वजनिक गरेकाे छ ।
सीडीएससीले  आन्तरीक परिक्षण सफल भएपछि सर्वसाधारणका लागि एप सार्वजनिक गरेकाे हाे । हिजाे बुधबार साँझ  एप्लिकेशन सार्वजनिक गरिएकाे सीडीएससीले दरबार टाईम्सलाई जानकारी गराएकाे छ ।

पहिलो चरणमा एनड्रोईड मोेवाइलमा मात्र यो डाउनलोड गर्न सकिने छ । आईओएस सिस्टमको मोवाइल फोनको लागि पनि एप तयार गरिनेछ ।

एन्ड्राेइड माेबाइलमा गुगल प्ले स्टाेरमार्फत एप्लिकेशन डाउनलाेड गर्न सकिनेछ।अहिले बेटा भर्सनमा रहेकाे एप्लिकेशन चाँडै नै फुल भर्सनमा ल्याइने सिडिएससिले जनाएकाे छ ।

हालसम्म मेरो शेयरको सफ्टवयर वेवबेस मात्र रहेको थियो । अब उक्त मोवालइ एप मार्फत पनि मेरो शेयर मार्फत गर्न सकिने काम हरु गर्न सकिने छ ।

विशेषगरि आईपीओमा आवेदन दिन सकिने, शेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधा यसमा हुने छ ।

अहिले मेरो शेयर सफ्टवयरमा बिभिन्न समस्याहरु देखिएका छन् । तर, मोवाइल एपमा भने त्यस्तो नहुने बताइएको छ ।

प्लेस्टोरमा एप्लिकेशन

एप्लिकेशन अहिले सम्म १००० जनाले डाउनलोड गरिसकेका छन् भने यो एपका २३६ प्रयोग कर्ताले यसको बारेमा आफ्नो आफ्नो अनुभव सेयर गरेका छन् । एपको अहिले को रेटिङ ५ मा ३.७ रहेको छ।

लिंक- डाउनलाेड गर्न क्लक गर्नुहाेस् ।