एनसीसीको शेयर बिक्री आजबाट खुल्ला

२ आश्विन २०७७, शुक्रबार

विराटनगर, असोज २ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले संस्थापक शेयर नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ५ लाख कित्ता आजदेखि लिलामी प्रक्रियाबाट बिक्री खुल्ला गरेको छ ।

शेयरको न्युनतम मूल्य रू ११० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने शेयर बिक्री कात्तिक ६ गतेसम्म रहने र शेयर खरीदका लागि न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ । तर अधिकतमको आवेदनको लागि भने कुनै सीमा तोकिएको छैन ।

आवेदन बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलमा प्राप्त गर्न र बुझाउन सकिनेछ । प्राप्त आवेदन कात्तिक २० गते अपरान्ह ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले एक सूचना मार्फत् जानकारी दिएको छ ।