अब डिप्लाेमा गरेकाले जुनसुकै विषय लिएर ११ बाट पुनः पढ्न मिल्ने

२ आश्विन २०७७, शुक्रबार
फाइल तस्वीर

विराटनगर । असाेज १

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्ले प्राविधिक शिक्षा पढेका विद्यार्थीहरुका लागि नयाँ निर्देशिका जारी गरेको छ ।

परिषद्ले जारी गरेको यो निर्देशिका सँगै अब प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) बाट सञ्चालित कार्यक्रममा एसएलसी वा प्रिडिप्लो सरह उत्तीर्ण गरेका विद्यार्थीहरुले सामुदायिक विद्यालयबाट सञ्चालित प्राविधिक तर्फको कक्षा ११ मा पढ्न पाउने भएका छन् ।

परिषद्को २८ भदौको बैठकले एसएलसी वा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेर प्रिडिप्लोमा गरेकाहरूले मिल्दो विषयमा भर्ना हुन पाउने निर्णय गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार ‘तोकिएका मापदण्डका आधारमा मिल्ने विषयमा कक्षा ११ मा भर्ना भई अध्ययन गर्न पाउने निर्णय भएको छ।’

कक्षा ८ वा ९ उत्तीर्ण गरेर प्रिडिप्लोमा गर्ने विद्यार्थीको हकमा भने यो व्यवस्था लागू हुने छैन ।