
विराटनगर । असाेज २
गत २४ घण्टामा प्रदेश १ मा १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ५८ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा २५ महिला र ३३ पुरुष छन् । मोरङको बुढीगंगामा ३ महिला र १ पुरुष, जहदा र कटहरीमा ७ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेलीमा १र महिला, धनपालथानमा १ महिला २ पुरुष, बेलबारीमा १ महिला छन् । बेलबारीकी १ महिला, ग्रामथानमा १ पुरुष, सुन्दरहरैंचामा १ पुरुष र स्थानीय तह नखुलेका ३ महिला र ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा १ महिला र ८ पुरुष, इटहरीमा ७ महिला र २५ पुरुष छन्। झापाको शिवशताक्षीमा ३ महिला र ४ पुरुष, कनकाईमा १ पुरुष गरी जम्मा १६६ पुगेका हुन्। याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३७ पुगेको हाे ।
प्रदेशभरबाट १९२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ हजार ४ सय ३२ पुगेको छ । शुक्रबार ६ सय ६९ जनाको पीसीआर परीक्षण भएको छ । कूल मृतककाे संख्या ५३ पुगेकाे छ ।
त्यस्तै नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजारभन्दा बढी देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् ।
नेपालमा तेस्राे तहकाे संक्रमण सुरु भएकाे भन्दै स्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।