बाढीमा परेर एक महिने बालकको मृत्यु

२ आश्विन २०७७, शुक्रबार

विराटनगर । असाेज २

चितवनमा खोलाले बगाउँदा शुक्रबार एकमहिने बालकको मृत्यु भएको छ ।

चितवनबाट ठोरी आउने क्रममा चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलामा टयाक्टर पल्टिदा सन्तोष सनुवारका एक महीनाका छोरालाई खोलाले बगाएको थियो ।

शुक्रवार बिहानको वर्षा सहित खोलामा अाएको बाढीमा परेर ट्याक्टर पल्टिदा अामाको काखमा रहेको बच्चा खोलामा खसेपछि बच्चाको मृत्यु भएक‍ो हो ।

बच्चा खोलामा खसेपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा बच्चाको शव भेटाएका थिए ।