आइपिएल भोलिदेखि सुरू हुँदै

२ आश्विन २०७७, शुक्रबार

विराटनगर, असोज २।

पाँच महिनादेखि रोकिएको इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० शनिबारदेखि युएइमा सुरु हुँदैछ।

शनिबार हुने पहिलो खेल मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्स बीच हुनेछ। नेपाली समयअनुसार राति पौने ८ बजे हुने खेलका यि दुई टिम आइपिएल इतिहासका सबैभन्दा बढी जीतेका टिम हुन्।

भारतमा कोरोना संक्रमण बढेपछि यो सिजनको आइपिएल युएईमा हुनेछ । आइपिएलका राउन्ड रोबिन अन्तगर्तका खेलहरू मध्ये अबुधावीमा २० खेल, सारजाहमा १२ खेल र दुबईमा २४ खेल हुनेछन्।

नेपालका लेगस्पिनर सन्दीप लामिछानेले यसपटक पनि दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।