सामाजिक काममा एक कदम अगाडी – म्याजिक वासर कम्पनी

२ आश्विन २०७७, शुक्रबार

विराटनगर । असोज १

विराटनगर ७ मा सञ्चालित म्याजिक वासर लण्ड्री एण्ड क्लिनिङ सर्भिसेज प्रा.लि ले आफ्नै पहिलो बार्षिक उत्सवको अवसरमा पूर्वाञ्चल बाल सेवा आश्रममा रहेका बालबालिकालाई खाना वितरण गरेको छ।

विराटनगरका सामाजिक काममा सधैँ अग्रसर रहने यस कम्पनीले निशुल्क खाना खुवाउनुका साथै ९० वटा ब्लान्केट पनि निशुल्क धोइदिने भएको छ।

ब्लान्केट

कम्पनीका अध्यक्ष नोमस चापागाईंका अनुसार कम्पनीको बार्षिक उत्सवको अवसर पारेर अनाथ बालबालिकाहरूलाई खाना खुवाइएको हो।

यस अघि पनि विराटनगरका विभिन्न स्थानहरूमा कम्पनीले सेनिटाइज गर्ने काम गर्दै आएको छ ।बार्षिक उत्सवको अवसरमा कम्पनीले आफ्ना सेवाग्राहीलाई २५ प्रतिशत छुटमा काम गरिरहेको पनि बताएको छ।

विराटनगरभित्रका कोरोनाका लागि अत्यधिक जोखिमका रूपमा रहेका नापी कार्यालय, मोरङ जिल्ला अदालत, बार एसोसिएसनमा सेनिटाइज गरिसकिएको छ भने संभावित ठाउँहरूमा असोज १५ गतेसम्म सेनिटाइज गरिने पनि प्रालीले जनाएको छ।