संयुक्त राष्ट्रसंघको महासभामा ट्रम्प सहभागी नहुने, भिडियोमार्फत् सम्बोधन गर्ने

३ आश्विन २०७७, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ७५ औं महासभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम स्थगित गरेका छन् ।

यद्यपि, उनले भिडियोमार्फत् सम्बोधन गर्ने तयारी गरेको ह्वाइट हाउसका मुख्य सचिव मार्क मेडोजले बताएका छन् ।

गत मंगलबारदेखि सुरु भएको महासभा सेप्टेम्बर ३० मा सम्पन्न हुनेछ । हाल महासभामा उच्चस्तरीय छलफल जारी रहेको छ ।

कोभिड महामारीका कारण भर्चुअल माध्यमबाट हुन गइरहेको महासभामा अर्को साता विश्वका एक सय ७३ देशका प्रतिनिधिले सम्बोधन गर्नेछन् ।।।