संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

३ आश्विन २०७७, शनिबार

विराटनगर, असोज ३

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा आज शनिबार शुभकामना सन्देश जारी गरेकी छन् ।
सन्देशमा उनले मन, वचन र कर्मले समर्पित भएर संविधानको मर्म र भावनालाई मूर्त रुप दिने प्रयासमा इमान्दार भएर लाग्न सबैलाई आग्रह गरेकी छन् ।
कोरोना संक्रमणको नियन्त्रणमा सरकारले गरिरहेका प्रयासको प्रशंसा गर्दै उनले यसबाट देश छिटै मुक्त हुने विश्वास व्यक्त गरेकी छन् ।
साथै, संविधान दिवसले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।।।