म्याजिक वासरको सेवामा छुटको वर्षा

३ आश्विन २०७७, शनिबार

विराटनगर, असोज ३

कपडा धुने सेवा प्रदान गर्दै आएको मोरङको विराटनगरस्थित म्याजिक वासर लण्ड्री एण्ड क्लिनिङ सर्भिसेज प्रा.लिले असोज २ देखि १५ गतेसम्म आफ्नो सेवामा भारी छुटको योजना ल्याएको छ। मासिक ग्राहकलाई सेवा शुल्कमा १० प्रतिशत छुट दिने लन्ड्रीले अर्धवार्षिक ग्राहकलाई १५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने भएको छ । यसका साथै लन्ड्रीले वार्षिक ग्राहकका लागि २० प्रतिशतसम्म छुट दिई आफ्नो स्तरीय सेवा उपलब्ध गराउने भएको छ ।

यसका अतिरिक्त स-परिवार सेवा लिन चाहने ग्राहकका लागि वार्षिक शुल्कमा २५ प्रतिशतसम्म असाधारण छुटसहितको फ्यामिली प्याकेज लन्च गरेको छ । यतिमात्र नभई लन्ड्रीले आफ्ना पाँच जना साथीलाई सेवा खरिद गर्न प्रेरित गर्ने ग्राहकका लागि एक महिनासम्म आफ्नो सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

लन्ड्रीले ग्राहकको सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन टंकीसिनवारी, यात्री फार्मेसी होस्पिटल चोक, पोखरियाको ठूलो मिलस्थित मिनाक्षी ब्युटिपार्लर र पुष्पलाल चोकस्थित लुना स्टोरमा संकलन काउन्टर विस्तार गरेको छ ।ग्राहकले आफूलाई पायक पर्ने स्थानमा कपडा बुझाई सेवा लिन सकुन् भन्ने उद्देश्यले काउन्टर विस्तार गरिएको कम्पनीले जनाएको छ ।।।

कलेक्शन सेन्टर, टंकीसिनवारी
कलेक्शन सेन्टर यात्री फार्मेसी, होस्पिटल चौक
कलेक्शन सेन्टर, लूना स्टोर पुष्पलाल चौक
कलेक्शन सेन्टर, पोखरिया मीनाक्षी ब्युटी पार्लर ठूलो मिल चौक