
युएईको दुबईस्थित विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा आज शनिबार बेलुका ८ बजे नेपालको झण्डा झलमलाउने भएको छ ।
आठ सय २९ दशमलव ८ मिटर अग्लो दुबईको पश्चिमी अरब सागरको तटमा अवस्थित यो भवनमा नेपाली दूतावासको आग्रह अनुसार युएई सरकारले झन्डा झलमलाउने व्यवस्था गरिदिएको हो ।
अबुधावीस्थित नेपालीदूतावासका अनुसार गत वर्ष पनि नेपाली झन्डा बुर्ज खलिफामा झलमलाएको थियो ।।।