घिसिङको अाग्रह – मेरो पक्षमा प्रदर्शन नगरिदिनुस्

३ आश्विन २०७७, शनिबार

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा सडक प्रदर्शन नगर्नका लागि आग्रह गरेका छन् ।

शनिबार एक विज्ञप्ति मार्फत् उनले विरोध प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै नेतृत्व परिवर्तन हुनु नियमित प्रक्रिया भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । साथै उनले प्राधिकरणको नेतृत्व परिवर्तनको अधिकार नेपाल सरकारसँग भएको भन्दै विरोध प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।

चार वर्षे कार्यकाल पूरा गरेर भदौ २९ गते विद्युत प्राधिकरणबाट अवकाश पाएका घिसिङले नेपाललाई लोडसेडिङमुक्त र प्राधिकरणलाई नाफामा लगेकाले उनको पुनर्नियुक्तीको माग राख्दै काठमाडौंमा साथै देशका विभिन्न ठाउमा प्रदर्शन भइरहेको छ ।

कोरोना संक्रमणको महामारीमा सडकमा निस्केर प्रदर्शन नगर्न उनले विज्ञप्ति मार्फत् अाग्रह गरेका हुन् ।