हिन्दु मुस्लिमको विवादका कारण मलंगवामा कर्फ्यु जारी

३ आश्विन २०७७, शनिबार

विराटनगर, असोज ३ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार दिउँसो साढे १ देखि अाइतबार बिहान ८ बजेसम्मका लागि सदरमुकाम मलंगवा बजारमा कर्फ्यू आदेश जारी गरेको छ।

मलंगवा बजारमा हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेर तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यु अादेश जारी गरेको प्रशासकीय अधिकृत प्रमोद यादवले बताए।

शुक्रबार मलंगवा-३ विश्वकर्मा चोकबाट विश्वकर्मा पूजाको मूर्ति सेलाउन डिजे बाजासहित ट्याक्टरमा गइरहेका हिन्दु समुदायका मानिसहरू मुस्लिम समुदायको मस्जिद नजिकैको पोखरीमा पुगेपछि वादविवाद भएको थियो।

डिजे बजाएको निहुँमा वादविवाद भएको विषयमा शनिबार बिहान फेरि दुई समुदायबीच विवाद चर्किएर तनाव झनै बढेको थियो।

दुई समुदायबीच अप्रिय स्थिति आउन नदिन कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ।