विराटनगरका ७ सहित प्रदेश एकमा ५९ जनामा संक्रमण

३ आश्विन २०७७, शनिबार

विराटनगर । असाेज ३

गत २४ घण्टामा प्रदेश एकमा  ५९  जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ७  जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १ महिला र ६  पुरुष छन् । मोरङको बुढीगंगामा ४  महिला र १ पुरुष, कटहरीमा ३ महिला १ पुरुष, जहदामा १ पुरुष, पथरिमा १ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रतुवामाईमा १० पुरुष, बेलबारीमा १ पुरुष गरी मोरङ मा ३२ जना थपिएको छ ।

उता सुनसरीको इटहरीमा २  महिला र ७ पुरुष, धरानमा १ महिला र ५ पुरुष, राम्धुनि मा ७ पुरुष गरी सुन्सरी मा जम्मा २२ जना थपिएका हुन ।

झापाको विर्तामोड मा ४ पुरुष र सप्तरी मा १ जना गरी जम्मा प्रदेश एक मा ५९ जना थपिएका हुन ।

प्रदेशभरबाट ७१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ । ११ सय ३५  जनाको पीसीआर परीक्षण भएको छ । कूल मृतककाे संख्या  ५३ पुगेकाे छ ।