भारतमा साई बाबाको प्रसाद भन्दै लागूऔषध ब्राउनसुगर बेच्ने पक्राउ

३ आश्विन २०७७, शनिबार

एजेन्सी, असोज ३

भारतको बैंगलुरूमा साई बाबाको प्रसाद भन्दै लागूऔषध ब्राउनसुगर बेच्ने एक जना तस्कर पक्राउ परेका छन् । पक्राउ परेका अभियुक्तले लागूऔषध ओसारपसारका लागि राज्य सरकारले चलाएका सार्वजनिक बससमेत प्रयोग गर्ने गरेका थिए ।

यस्तै अर्को खबर अनुसार बैंगलुरू प्रहरीले प्रसादका नाममा लागूऔषध बिक्री गर्ने एक जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा विक्रम खिलेरी नामका व्यक्ति रहेको र उनीमाथि कर्नाटक र तमिलनाडुमा लागूऔषध ब्राउनसुगरको अबैध कारोबार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

[caption id="attachment_4564" align="alignnone" width="725"] तस्विर : स्कुप्वूप[/caption]

प्रहरीका अनुसार निर्माण मजदुरका रुपमा काम गर्न आएका उनी विगत दुई वर्षदेखि लागूऔषधको अवैध कारोबारमा संलग्न रहेका छन् । अभियुक्त विक्रमले लागूऔषध ओसारपसारका लागि कर्नाटक राज्य सरकारले चलाएका सार्वजनिक बससमेत प्रयोग गर्ने गरेका छन् ।

[caption id="attachment_4561" align="alignnone" width="725"] तस्विर : स्कुप्वूप[/caption]

उनले आफ्ना साथीहरुलाई साई बाबाको प्रसादको नाममा लागूऔषध बिक्री गर्ने गरेको सूचनाका साथै एक व्यक्तिले अभियुक्तको कृयाकलापबारे विश्वसनीय सूचना दिएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो ।

नक्कली ग्राहकका रूपमा पुगेको प्रहरी टोलीले उनका साथबाट हेल्मेटमा लुकाएर राखेको अवस्थामा ९० ग्राम गाँजा बरामद गरेको छ । यसैगरी, प्रहरीले उनका साथबाट केही नगदसहित दुई ओटा मोबाइलसमेत बरामद गरेको छ ।।।