
विराटनगर, असोज ३ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को शेख जायद स्टेडयममा जारी १३ ओ संस्करणको पहिलो खेलमा मुम्बई इन्डियन्सले सिएसकेलाई १६३ रनको तार्गेट दिएको छ ।
टस हारेर ब्याटिङ गरेको मुम्बईले २० ओभर खेल्दै ९ विकेट गुमाएर १६२ रन जोड्न सफल भएको छ ।
आजको खेलमा जीतलाई आफ्नो पोल्टामा पार्न सिएसकेले निर्धारित २० ओभर मा १६३ रन ल्याउनु पर्नेछ ।
मुम्बई इन्डियन्स को टोली बाट सबै भन्दा धेरै रन भने सौरभ तिवारीले ( ४४ ) बनाएका हुन भने रोहित शर्मा ले १२ रन बनाएर पियुश चवला लाई विकेट गवाए ।
सिएसकेका लागि फफ् दु प्लेसिसले दुइटा सानदार क्याच गरेका थिए । त्यस्तै लुङगि निग्डी ले ३, रविन्द्र जडेजाले २ ,दिपक चहर ले २, पियुस चावाला, सेम कार्नले १ , विकेट लिएका थिए ।