लकडाउनमा शुल्क लिने विद्यालयबाटै शिक्षकको तलब दिन आनाकानी

४ आश्विन २०७७, आईतवार

कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा निजी विद्यालयले कर्मचारी कटौती गर्न थालेपछि तीन हजार शिक्षक बेरोजगार भएका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाका अनुसार गत चैत यता काठमाडौं उपत्यकामा मात्र दुई सय शिक्षक-कर्मचारी निश्कासनमा परेका छन् । कक्षा ११ र १२ मात्र पढाइ हुने विद्यालय र अतिरिक्त क्रियाकलाप पढाउँदै आएका शिक्षकहरू बढी निष्कासनमा परेको भन्दै उनले
लकडाउनयता अधिकांश शिक्षकले तलबसमेत पाउन नसकेको उल्लेख गरे।

केही बोर्डिङहरूले पनि निश्चित प्रतिशत तलब उपलब्ध गराउँदै आएका छन् । महँगो शुल्क लिने र लकडाउनको समेत शुल्क असुलेका ठूला बोर्डिङले नै तलब दिन आनाकानी गरिरहेको इस्टुले जनाएको छ ।

महामारीका कारण पठनपाठन ठप्प हुँदा शिक्षकहरु विद्यालयको आन्तरिक काममा लागेका छन् ।।।