अवैध लागूऔषध इस्कफसहित दुई जना पक्राउ

४ आश्विन २०७७, आईतवार
सांकेतिक तस्वीर

विराटनगर, असोज ४

झापाको गौरदह–९ बैगुनधुराबाट प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौरदह –३ का २२ वर्षीय राजेश महतो र सोही स्थानका २७ वर्षीय परमानन्द राजवंशी रहेका छन् ।
प्रहरी चौकी माहाभाराबाट खटिएको गस्ति टोलीले मोटरसाईकलमा आएका दुवै जनालाई शनिबार राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो ।प्रहरीले चेकजाँच गर्दा उनीहरूका साथबाट १ सय ५८ बोतल ईस्कफ लागूऔषध बरामद भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानूनी कारबाही अगाडी बढाइएको प्रहरीको भनाइ छ ।