मुख्यमन्त्री राईमाथि मुद्दा चलाउने महिला प्रहरी नियन्त्रणमा

४ आश्विन २०७७, आईतवार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो पति दाबी गर्दै काठमांडौ जिल्ला अदालतमा मुद्दा दायर गरी गत भदौ ३१ गते सो मुद्दा फिर्ता लिएकी महिला पक्राउ परेकी छन् ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक चलिरहेका बेला पेरिसडाँडास्थित पूर्वमाओवादी केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोज्दा दोलखा घर भएकी महिला बालिका खड्का पक्राउ परेकी हुन् ।काठमांडौ प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार हाल उनलाई कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभागमा राखिएको छ ।

खड्काले मुख्यमन्त्री राईविरुद्ध आफूले उक्साहटमा परेर मुद्दा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन् । उनले दायर गरेको मुद्दामा मुख्यमन्त्री राईमाथि उनले आफूलाई लिभ इन टुगेदरमा राखी यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।।।