कोरोना संक्रमणको सिकार भए सैनिक जवान

४ आश्विन २०७७, आईतवार

विराटनगर, असोज ४
नेपालमा पहिलोपटक कोरोना संक्रमणबाट सैनिकको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामेछाप घर भई हाल काठमांडौमा कार्यरत ३० वर्षीय सैनिक जवान रहेको सैनिक प्रवक्ता सन्तोषवल्लव पौडेललेजानकारी दिए ।

उनका अनुसार लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित जवानको गत भदौ २९ गते मृत्यु भएको हो।

उनको मृत्युपछि असोज १ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको प्रवक्ता पौडेलले बताए ।

हालसम्म नेपाली सेनाका दुई हजार ५६ जनालाई कोरोना संक्रमण भएकोमा ४ सय १ जना निको भइसकेका र १ हजार ६ सय ४५ जना आइसोलेसनमा रहेको नेपाली सेनाको तथ्यांक छ