मेरो शेयरमा अब पीन कोड लागू हुने

४ आश्विन २०७७, आईतवार

विराटनगर । असाेज ४

सिडिएस एण्ड क्लियरिङले मेरो शेयरलाई थप सुरक्षित बनाउनका लागि ओटिपीको साटो पीन कोडको व्यवस्था गरेको छ ।

सफ्टवयरमा रहेको माइ आश्वमा मार्फत सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन हाल्दा अहिले हाल्नुपर्ने ओटिपीको सट्टा पीनको व्यवस्था गरेको हो ।

सिडिएससीले मेरो शेयरमा ४ अंकको पीन प्रयोग गर्नको लागि मेरो शेयर प्रयोग कर्तालाई मेरो शेयरमा पहिलो पटक लगइन गर्दा अनिवार्य पीन कोड सेट गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसले अझ अब मेरो शेयरलाई सुरक्षित गर्ने सिडिएससीले जनाएको छ ।