नेपालमा एकै दिन १३ सय २५ संक्रमित बढे

४ आश्विन २०७७, आईतवार

विरमटनगर । असाेज ४

नेपालमा २४ घण्टामा गरिएको परीक्षणमा १,३२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा ६०२ जनामा, भक्तपुरमा १०१ जनामा र ललितपुरमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६४ हजार १२२ पुगेको छ।

पछिलो २४ घण्टामा १० जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार अहिलेसम्म ४११ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।