महारानीलाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बाश्री दिइने

४ आश्विन २०७७, आईतवार
तस्वीर- दरबारटाइम्स

विराटनगर । असाेज ४

साहित्य क्षेत्रकाे सर्वाधिक लाेकप्रिय पुरस्कारकाे रूपमा मानिने मदन पुरस्कार याे साल चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

यी दुबै पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारण पछि सार्वजनिक गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।