अनशनरत केसीको जीवन रक्षाको माग गर्दै युथ काङ्ग्रेस मोरङले बुझायो ज्ञापनपत्र

४ आश्विन २०७७, आईतवार

विराटनगर । असोज ४

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि १९औं पटक जुम्लामा अनशनरत चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युथ काङ्ग्रेस मोरङ्गले ज्ञापन पत्र बुझाएको छ ।
आइतबार युथ काङ्ग्रेसले मोरङ्गका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा अनशनरत डा. केसीले प्रस्तुत गरेका सम्पुर्ण मागलाई पूरा गर्दै उनको जीवन रक्षा गर्न सरकार समक्ष माग गरिएको छ।

ज्ञापन पत्र बुझाउन युथ काङ्ग्रेस प्रदेश१ संयोजक सविन दाहाल, युथ काङ्ग्रेस मोरङ्गका संयोजक अभिषेक भट्टराई, युथ काङ्ग्रेस सदस्य क्षितिज गौतम र शशांक झा लगायतको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्र