कोसी अस्पतालका चिकित्सकमा कोरोना पुष्टि

५ आश्विन २०७७, सोमबार

गत शनिबार साँझ सडकमा हिँड्ने क्रममा अचानक बेहोस भएका विराटनगरस्थित कोसी अस्पतालका नवजात शिशु रोग विषेशज्ञ डा विनोद बिराजी कोरोना सँक्रमित देखिएका छन् । सडकमा लडेपछि टाउकोमा गम्भीर चोट लागी अस्पताल भर्ना भएका उनी आइतबार कोरोना पोजिटिभ देखिएका हुन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा चुमनलाल दासका अनुसार हाल उनलाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य अवस्था जटिल रहेको भन्दै परिवारजनले भारततर्फ लगेको उनले बताए । उनको उपचारमा सहभागी चिकित्सकलाई क्वारेन्टाइनमा पठाइएको दासको भनाइ छ ।