नबिल बैंकले ल्यायो मोबाइलबाटै ऋण लिन पाउने व्यवस्था

५ आश्विन २०७७, सोमबार

नबिल बैंकले ग्राहकको सुविधाका लागि नेपालमै पहिलो पटक फोनबाट ऋण लिने सुविधा ल्याएकाे छ । नविल बैंकका ग्राहकहरुले अब कुनै पनि कागजी प्रक्रिया बिना नै बैंकमा नगइकन फोन बाट नै एक लाखसम्म ऋण लिन पाउनेछन् ।

नविल स्मार्ट बैंकिङको प्रयोग कर्ताले विना धितो नै एक लाखसम्म मोबाइलबाट नै ऋण पाउने भएका हुन् । अब ग्राहकले निवेदन दिएको केही समयमा नै ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत बैंकले ग्राहकले खातामा ऋण पाउनेछन् ।

नविल बैंकले एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा यो सुविधा ल्याएको हो। छोटो समयका लागि दिइने यो ऋण लिनका लागि नबिल स्मार्ट बैंकको प्रयोगकर्ता हुनुपर्नेछ ।

ऋण लिन इच्छुक ग्राहकले नबिल बैंकको स्मार्टबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिएपछि बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने जनाएकाे छ ।‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो,’ बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले भने,’विना धितो, विना कागजी प्रक्रिया नै फोनबाटै निवेदन दिएको केही मिनेटमा नै ऋण उपलब्ध हुने हुँदा यो ग्राहकका लागि अार्कषण बन्नेछ।’